भोलि सत्ता गठबन्धनको बैठक बस्दै, मन्त्रीहरूको टुङ्गो लगाउने तयारी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

भोलि सत्ता गठबन्धनको बैठक बस्दै, मन्त्रीहरूको टुङ्गो लगाउने तयारी


२७ पुस २०७९, बुधबार


काठमाडौँ । मन्त्रीहरूको भागबण्डा टुङ्गो लगाउन भोलि (बिहीबार) सत्तारुढ गठबन्धनको बैठक बस्दै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव रमेश मल्लका अनुसार सत्ता गठबन्धनका बैठक तय भएपनि समय भने निर्धारण हुन सकेको छैन ।

प्रधानमन्त्री प्रचण्डले मङ्गलवार प्रतिनिधि सभामा विश्वासको मत पाएपछि मन्त्रिपरिषद् विस्तार गर्न जुटेका छन् । त्यसै अनुसार प्रधानमन्त्री प्रचण्ड गोरखाबाट आएर आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग मन्त्रिपरिषद् विस्तारका बारेमा छलफल गर्न उनको निवास बालकोट पुगेका थिए ।

दुई नेताबीच मन्त्रिपरिषद् विस्तारको विषयमा केही गृहकार्य भएको प्रचण्डको सचिवालयले जनाएका छ । सचिवालयका अनुसार भोलि (बिहीबार) गठबन्धनका नेताहरुबीच थप छलफल गरेर मन्त्रीको टुङ्गो लगाइने छ । 

Tags :
प्रतिक्रिया दिनुहोस