अनेरास्ववियुको २३औँ राष्ट्रिय सम्मेलन फागुनमा गर्ने निर्णय « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

अनेरास्ववियुको २३औँ राष्ट्रिय सम्मेलन फागुनमा गर्ने निर्णय


२७ पुस २०७९, बुधबार


काठमाडौँ । एमालेको विद्यार्थी सङ्गठन अनेरास्ववियुको २३औँ राष्ट्रिय सम्मेलन काठमाडौँमा हुने भएको छ । 

अनेरास्ववियुको बुधबार बसेको पदाधिकारी बैठकले आगामी २, ३ र ४ फागुनमा काठमाडौँमा २३औँ राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको उपाध्यक्ष उमेश आचार्यले जानकारी दिए । 

बैठकले सम्मेलन र अधिवेशन नभएको तल्ला कमिटीहरूको अधिवेशन र सम्मेलन आगामी १५ माघभित्र गर्ने निर्णय पनि गरेको छ । 

दुई साताअघि बसेको एमाले मोर्चा फाँटको बैठकले सम्मेलन र अधिवेशन गर्न बाँकी जनवर्गीय सङ्गठनहरूलाई आगामी चैत मसान्तभित्र सम्पन्न गर्न निर्देशन दिएको थियो । 

एमालेका अनेरास्ववियु र युवा संघमा लामो समयदेखि अधिवेशन हुन सकेको छैन । जसका कारण मनोनीत अध्यक्ष र पदाधिकारीहरूले नेतृत्व गर्दै आएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस