बैंकर्स सङ्घको अध्यक्षमा केसी चयन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बैंकर्स सङ्घको अध्यक्षमा केसी चयन


२७ पुस २०७९, बुधबार


काठमाडौँ । वाणिज्य बैङ्कहरूको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घको अध्यक्षमा सुनिल केसी निर्विरोध चयन भएका छन् । बुधबार सङ्घको विशेष साधारण सभाबाट एनएमबि बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सिइओ)समेत रहेका सुनिल केसी अध्यक्षमा चयन भएका हुन् ।

कृषि विकास बैङ्कका सिइओ अनिलकुमार उपाध्यायको कार्यकाल सकिएसँगै केसी कार्यवाहक अध्यक्ष बनेका थिए । उनी यसअघि उपाध्ययन अध्यक्ष हुँदा उपाध्यक्ष थिए ।

यस्तै, उपाध्यक्षमा माछापुच्छ्रे बैङ्कका सिइओ सन्तोष कोइराला चयन भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस