‘हिमानीलाई राष्ट्रपति बनाउँदा अझै एकता र परिवर्तन देखिन्थ्यो कि ?’ « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

‘हिमानीलाई राष्ट्रपति बनाउँदा अझै एकता र परिवर्तन देखिन्थ्यो कि ?’


२७ पुस २०७९, बुधबार


काठमाडौँ । माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेशका निवर्तमान सांसद प्रेमप्रकाश भट्टले पूर्व युवराज्ञी हिमानी शाहलाई राष्ट्रपति बनाउँदा राष्ट्रिय एकता देखिने बताएका छन् । 

‘राष्ट्रिय एकता दिवस’ को शुभकामना दिँदै माओवादी केन्द्रका सांसद भट्टले हिमानीलाई राष्ट्रपति बनाउँदा अझै एकता र परिवर्तन देखिने बताए ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हिमानीलाई राष्ट्रपति बनाउँदा अझै एकता र परिवर्तन देखिन्थ्यो कि ?’ माओवादी केन्द्रका बैतडीका सह–इन्चार्ज समेत रहेका भट्टले हिमानीलाई राष्ट्रपति बनाउनु उपयुक्त हुने मत राखे ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले पृथ्वीनारायण शाहको जन्म जयन्तीको अवसरमा राष्ट्रिय एकता दिवसमा सार्वजनिक बिदा दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस