नेपाल टी-२० लिग : विराटनगरलाई हराउँदै लुम्बिनी च्याम्पियन  « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

नेपाल टी-२० लिग : विराटनगरलाई हराउँदै लुम्बिनी च्याम्पियन 


२७ पुस २०७९, बुधबार


काठमाडौँ । लुम्बिनी अल स्टार पहिलो संस्करणको नेपाल टी-ट्वान्टी क्रिकेट लिगको च्याम्पियन बनेको छ । 

टियु क्रिकेट मैदानमा बुधबार विराटनगर सुपर किंग्सलाई २४ रनले हराउँदै लुम्बिनीले उपाधि जितेको हो ।

लुम्बिनीले दिएको १ सय ३४ रनको लक्ष्य पछ्याएको विराटनगरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ९ रन मात्र बनाउन सक्यो । 

विराटनगरका लागि अर्जुन साउदले ३४ रन बनाउँदा पृथु बास्कोटाले ३१ रन बनाए । हुसेन तलतले १३ रन बनाउँदा अन्यले दोहोरो अङ्कको रन बनाउन सकेनन् । 

लुम्बिनीका लागि हरमित सिंह र सागर ढकालले समान दुई दुई विकेट लिए । विपुल शर्मा र किशोर महतोले समान एक एक विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले १९.२ ओभरमा अलआउट भएर १ सय ३३ रन बनाएको थियो । 

लुम्बिनीका लागि लाहिरु मिलन्थाले २८ बलमा ४१ रन तथा हरमित सिंहले ३० रन बनाए । कप्तान दीपेन्द्र सिंह ऐरीले २० तथा ईशान पाण्डेले १८ रन बनाए । 

उसका अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

विराटनगरका लागि राना नानन र नन्दन यादवले समान दुई दुई तथा हुसेन तलत, कियोन जोशेफ,सुर्य तामाङ र कप्तान रोहित पौडेलले समान एक एक विकेट लिए । 

पहिलो क्वालिफायर र दोस्रो क्वालिफायर विजयी रहेका लुम्बिनी र जनकपुर उपाधिका लागि खेल्न लागेका हुन् । 

यस लिगको समूह चरणमा विराटनगर र लुम्बिनीले एक आपसकाविरुद्ध दुई खेल खेलेकामा दुवै खेल लुम्बिनीले जितेको थिए ।

च्याम्पियन लुम्बिनीले ५५ लाख पाउँने छ । यस्तै उपविजेता विराटनगरले ३० लाख नगद पुरस्कार प्राप्त गरेको छ ।  तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाएको छ ।

त्यस्तै प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् । इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छ ।

पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको छ । यस लिगमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्ट युनाईटेड, जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस