‘सार्वजनिक बिदाले उत्साहित छौँ’ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

‘सार्वजनिक बिदाले उत्साहित छौँ’


२७ पुस २०७९, बुधबार


मोरङ । नेपाल विद्युत् परिषद्ले ३०१ औँ पृथ्वी जयन्तीका अवसरमा सरकारले दिएको सार्वजनिक बिदालाई स्वागतयोग्य भएको जनाएको छ।

विराटनगरस्थित परिषद्का वरिष्ठ उपाध्यक्ष बल्लभप्रसाद दाहालले गणतन्त्र स्थापना भएसँगै उठाएको केही मुद्दामध्ये सार्वजनिक बिदा दिइनुलाई सम्मानजनक रूपमा लिइएको बताए।

दाहालले भने, ‘हाम्रो केही माग सुनुवाइ भएका छन्। अब जुलुस नाराबाजी गर्ने गरी कार्यक्रममा अल्झिँदैनौँ। पृथ्वी जयन्तीका अवसरमा दिउँसो श्रद्धाञ्जली सभाको आयोजना गर्छौँ।’

अहिलेको विषम राजनीतिक परिवेशले पुनः राजसंस्थालाई फर्काउनु पर्ने अवस्था सृजना हुँदै गएको उपाध्यक्ष दाहालको भनाइ छ।

उनले आर्थिक अवस्था ओरालो लागिरहेको र बाह्य हस्तक्षेप बढ्दै गएको जनाउँदै मुलुकले अब अभिभावकत्व खोजिरहेको प्रस्टाए।

‘अहिले मुलुकलाई राजसंस्थाको अभिभावकत्व आवश्यक छ। आर्थिक अवस्थामा समस्या दिनानुदिन बढ्दै छ। बाह्य हस्तक्षेप बढ्दै गर्दा राजनीतिक दलहरू पूर्णकाल सरकारका चलाउन असफल भइसकेका छन्। जनतालाई स्थिरताको आभास दिन राजतन्त्र नै आउनुपर्छ’, उपाध्यक्ष दाहालले भने।

प्रतिपक्षविहीन सरकारका कारण दलहरूप्रति जनताको वितृष्णा बढ्दै गएको उनको भनाइ छ।

‘अहिले दलहरू नै संविधानको मूल मर्म बाहिर भएका छन्। सरकार बन्यो तर प्रतिपक्षी विहीन। जनताको आवाज कसले उजागर गर्छ अब सदनमा ? यो साख फर्काउन पनि राजसंस्था आवश्यक छ’,उपाध्यक्ष दाहालले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस