राप्रपा र राप्रपा नेपालले आयोजना गरे चियापान « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

राप्रपा र राप्रपा नेपालले आयोजना गरे चियापान


२७ पुस २०७९, बुधबार


काठमाडौँ । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राप्रपा नेपालले पृथ्वी जयन्तीको अवसरमा चियापान कार्यक्रम आयोजना गरेका छन् ।

राप्रपाले दिउँसो एक बजे भृकुटीमण्डपमा चियापान कार्यक्रम आयोजना गरेको छ । त्यसअघि ११ बजे भृकुटीमण्डपबाट र्‍याली निकाल्ने र सिंहदरबार अगाडिको पृथ्वीनारायणको शालिकमा माल्यार्पण गरेर पुनः भृकुटीमण्डपमा आई चियापान कार्यक्रम सुरु गर्ने राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले जानकारी दिए ।

त्यसैगरी राप्रपा नेपालले नवदूर्गा पार्टी भेन्यु सुकेधारामा दिउँसो १ बजे चियापान कार्यक्रम आयोजना गरेको अध्यक्ष कमल थापाले जानकारी दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस