उत्तरी नाइजेरियाको खानीस्थलमा बन्दुकधारीको आक्रमण, १२ जनाको मृत्यु « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

उत्तरी नाइजेरियाको खानीस्थलमा बन्दुकधारीको आक्रमण, १२ जनाको मृत्यु


२७ पुस २०७९, बुधबार


अबुजा । देशको उत्तरी राज्य कादुनाको खानी स्थलमा अज्ञात बन्दुकधारीहरूले अर्ध-सैनिक एजेन्सीका १२ जना सदस्यको हत्या गरेका छन् ।

आक्रमणमा मारिनेहरू नाइजेरिया सेक्युरिटी एण्ड सिभिल डिफेन्स कोर्प्सका सदस्यहरू हुन् । उनीहरूले कडुनाको बिर्निन ग्वारी स्थानीय सरकारी क्षेत्रको कुरिगा खानी क्षेत्रमा सोमबार बन्दुकधारीहरूले आक्रमण गर्दा सुरक्षा प्रदान गरिरहेको एनएससीडीसीका प्रवक्ता ओलुसोला ओडुमोसुले राजधानी अबुजामा आयोजित पत्रकार सम्मेलन बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस