नेपाली सेनाको एकीकरण टर्च र्‍याली काठमाडौँ आइपुग्यो « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

नेपाली सेनाको एकीकरण टर्च र्‍याली काठमाडौँ आइपुग्यो


२६ पुस २०७९, मंगलबार


काठमाडौँ । नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाह हिँडेको बाटो पछ्याउँदै पदयात्रा सुरु गरेको नेपाली सेनाको ‘एकीकरण टर्च र्‍याली’ आज काठमाडौँ आइपुगेको छ । 

गत बिहीबार गोरखाबाट हिँडेको ‘एकीकरण मार्ग पदयात्रा’ आज बिहान ९ बजे काठमाडौँ आइपुगेको हो । गोरखाबाट हिँडेको उक्त टोली धादिङको भर्‍याङ भुरुङ, नुवाकोट र ककनी हुँदै काठमाडौँ आइपुगेको हो । काठमाडौँ आउने क्रममा तारकेश्वर वडा नं ३ ले पाँचमानेमा उक्त टोलीलाई बाजागाजासहित फूलमालाले स्वागत गरेको वडा अध्यक्ष पर्शुराम अर्यालले जानकारी दिए । 

र्‍यालीमा सहभागी सैनिकहरू पृथ्वीनारायण शाहको समयमा उनको फौजले प्रयोग गरेको जस्तै पोशाक र हतियारमा सजिएका छन्  । सिंहदरबार परिसरमा रहेको पृथ्वीनारायण शाहको शालिकमा यही पुस २७ मा विशेष कार्यक्रम गरेर र्‍यालीको समापन गरिने कार्यतालिका रहेको नेपाली सेनाले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस