मधेस सरकारद्वारा सुरक्षा निकायलाई २४ थान मोटरसाइकल हस्तान्तरण « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मधेस सरकारद्वारा सुरक्षा निकायलाई २४ थान मोटरसाइकल हस्तान्तरण


२६ पुस २०७९, मंगलबार


काठमाडौँ । मधेस प्रदेश सरकारको गृह तथा सञ्चार मन्त्रालयले प्रदेशका आठ जिल्लामा रहेका सुरक्षा निकायहरूलाई २४ थान मोटरसाइकल आज (मङ्गलवार) हस्तान्तरण गरेको छ ।

मन्त्रालयले चालु आर्थिक वर्षको ६४ लाख रुपैयाँ बजेटमा खरिद गरेका मोटरसाइकल नेपाल प्रहरीका विभिन्न जिल्लाका प्रहरी चौकी, सशस्त्र प्रहरीका विभिन्न पोस्ट तथा जिल्ला प्रशासन कार्यालय महोत्तरीलाई मोटरसाइकल हस्तान्तरण गरेको हो । प्रदेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले मोटरसाइकल हस्तान्तरण गरेका हुन् ।

मोटरसाइकल हस्तान्तरण गर्दै मन्त्री साहले शान्ति सुरक्षा, विपद् व्यवस्थापन तथा शहीद परिवार एवम् घाइतेहरूलाई राहतसहितको काम मन्त्रालयले पहिलो प्राथमिकतामा राखेर काम गर्दै आएको बताए । प्रदेशका गृह तथा सञ्चार राज्यमन्त्री रुवीकुमारी कर्णले मोटरसाइकलको सहायतामा प्रहरीले शान्ति सुरक्षा तथा नागरिकको रक्षा गर्न सहयोग पुग्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस