मलको कालोबजारी गर्ने पसल सञ्चालक पक्राउ, १२३ बोरा मल बरामद « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

मलको कालोबजारी गर्ने पसल सञ्चालक पक्राउ, १२३ बोरा मल बरामद


२६ पुस २०७९, मंगलबार


काठमाडौँ । मलको कालोबजारी गर्ने एक पसल सञ्चालकलाई बारा प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले मलको कालोबजारी गर्ने बाराको कलैया उपमहानगरपालिका१८ मोतिसर बस्ने उमेश कुमार साहलाई पक्राउ गरेको हो।

सरकारले तोकेको मूल्यभन्दा बढी मूल्य लिएर मल बिक्री गरिरहेको सूचनाको आधारमा साहले सञ्चालन गरेको श्री राम स्टोर्स किटनाशक पसलमा प्रहरीले छापामारी गरेको हो।

सो क्रममा प्रहरीले पसलबाट १२३ बोरा मल बरामद गरेको बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिए।

साथै पसलमा सिलबन्दी गरी मलसहित साहलाई नियन्त्रणमा लिएर जिल्ला प्रशासन कार्यालय बाराबाट पहिलो पटक ५ दिनको म्याद थप गराइ आवश्यक कारवाही अघि बढाइएको थापाले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस