कृषि विकास बैङ्कको लाभांश घोषणा « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

कृषि विकास बैङ्कको लाभांश घोषणा


२६ पुस २०७९, मंगलबार


काठमाडौँ । कृषि विकास बैङ्कले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयर धनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।

बैङ्कको आज (मङ्गलवार) बसेको सञ्चालक समितिको बैठकले २ प्रतिशत बोनस सेयर र ११ प्रतिशत नगद (कर सहित) गरी कुल १३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

त्यसै गरी, बैङ्कले अग्राधिकार सेयर पुँजीमा वार्षिक ६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा समेत गरेको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैङ्कबाट स्वीकृतिपछि बैङ्कको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयर धनीहरूले पाउनेछन्।

हाल कम्पनीको चुक्ता पुँजी १३ अर्ब १८ करोड ७९ लाख १५ हजार २०० रुपैयाँ रहेको छ। सोही पुँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो।

गत वर्ष भने कम्पनीले २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद गरी कुल २१.०५ प्रतिशत लाभांश वितरण गरेको थियो।

गत वर्षको तुलनामा कम्पनीले लाभांश दर घटाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस