बागमती प्रदेशका मुख्यमन्त्री जमकट्टेलले लिए शपथ « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

बागमती प्रदेशका मुख्यमन्त्री जमकट्टेलले लिए शपथ


२६ पुस २०७९, मंगलबार


हेटौँडा । बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले शपथग्रहण गरेका छन् ।

सोमबार मुख्यमन्त्रीमा नियुक्त भएका जम्कट्टेलले मङ्गलवार बिहान प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट मुख्यमन्त्रीको शपथ लिएका हुन् ।

मुख्यमन्त्री जम्मकट्टेलसँगै नेकपा एमालेका संसदीय दलका नेता जगन्नाथ थपलियाले आर्थिक मामिला तथा योजना मन्त्रीको रूपमा शपथ गरेका छन् ।

राप्रपाका संसदीय दलका नेता उद्धव थापाले बिना विभागीय मन्त्रीको रूपमा शपथग्रहण गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस