नक्कली नोटसहित एकजना पक्राउ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

नक्कली नोटसहित एकजना पक्राउ


२६ पुस २०७९, मंगलबार


पक्राउ

काठमाडौँ । नक्कली नोटसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कालिका नगरपालिका वडा नं १ बस्ने ४२ वर्षीया गङ्गा तामाङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

उनको कोठाबाट रु एक हजार दरका एक सय ३७ थान खोटा मुद्रा (नक्कली नोट) बरामद गरिएको कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए । पक्राउ परेकी तामाङको कोठाबाट भेटिएका मुद्रा नक्कली भएको उनले बताए ।  उनलाई मुद्रासम्बन्धी कसूरमा म्याद थप गरी अनुसन्धान सुरु गरिएको उनले बताए । 

Tags :
प्रतिक्रिया दिनुहोस