नाइजेरियामा रेल स्टेसनबाट ३० जनाको अपहरण « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

नाइजेरियामा रेल स्टेसनबाट ३० जनाको अपहरण


२६ पुस २०७९, मंगलबार


अबुजा । नाइजेरियाको दक्षिणी इडो राज्यस्थित रेल स्टेसनबाट शनिबार एके-४७ राइफल बोकेका हतियारधारीहरूले ३० जनाभन्दा बढी व्यक्तिको अपहरण गरेको डीडब्ल्यु न्युजले जनाएको छ ।

इडो गभर्नरको कार्यालयले जनाएअनुसार बन्दुकधारीहरूको आक्रमण इग्वेबेनमा करिब ४ बजे (स्थानीय समय)मा भएको थियो । एके-४७ असल्ट राइफल लगायतका हतियार लिएर आएका मानिसहरूले आक्रमणको सो स्टेशनमा ट्रेनको पर्खाइमा रहेका यात्रुहरूलाई आक्रमण गरेका थिए ।

सूचना मन्त्री क्रिस ओसा नेहिखारेले आक्रमणमा ३२ जना अपहरणमा परेको तर एकजना बेपत्ता भएको बताएका छन् । अहिले, सुरक्षाकर्मीहरू परिचालन गरी पीडितहरूको उद्धार कार्य अगाडि बढाइएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस