फुटबलबाट सन्यास लिने वेल्सका कप्तान बेलको घोषणा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

फुटबलबाट सन्यास लिने वेल्सका कप्तान बेलको घोषणा


२६ पुस २०७९, मंगलबार


काठमाडौँ । वेल्सका कप्तान ग्यारेथ बेलले फुटबलबाट सन्यास लिने घोषणा गरेका छन् । ३३ वर्षको उमेरमै उनले क्लब र अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका हुन् ।

उनले ट्वीट गरेर सन्यास लिएको जानकारी गराएका हुन् । उनले भनेका छन्, ‘अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने यो निर्णय मेरो करियरकै अहिलेसम्मकै सबैभन्दा कठिन निर्णय हो ।’

उनले अगाडि भनेका छन्, ‘अन्तर्राष्ट्रिय मञ्चमा केवल मेरो जीवन बदलिएको छैन, बरु म को हुँ भन्ने पनि स्थापित भएको छ । म यो अविश्वसनीय इतिहासमा देशका लागि एक भूमिका निर्वाह गर्दा आफूलाई सम्मानित महसुस गर्दछु ।’

बेल वेल्सको सबैभन्दा महान् खेलाडीको रूपमा चिनिन्छन् । उनले अन्तर्राष्ट्रिय फुटबलमा ४१ गोल गरेका छन् ।

दुई युरोपियन च्याम्पियनसिप जिताएका छन् । यसका साथै उनले आफ्नो टिमलाई युरो २०१६ को सेमिफाइनलसम्म पुर्‍याए । १९५८ पछि पहिलो पटक विश्वकपमा पनि पुर्‍याए । लस एन्जलसका फरवार्ड रहेका उनी त्यसअघि साउथह्याम्पटन, टोटनहम र रियल मड्रिडका लागि खेलिसकेका छन् । उनले अन्तिम खेल विश्वकपमा इंग्ल्याण्डविरुद्ध खेलेका थिए । यो बेलको १११ औं अन्तर्राष्ट्रिय खेल थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस