हप्तामा ४० घण्टाभन्दा बढी काम गर्ने स्वास्थ्यकर्मीलाई थप सुविधा दिइने « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

हप्तामा ४० घण्टाभन्दा बढी काम गर्ने स्वास्थ्यकर्मीलाई थप सुविधा दिइने


२५ पुस २०७९, सोमबार


काठमाडौँ । सरकारले साप्ताहिक ४० घण्टाभन्दा बढी अवधि सेवा प्रदान गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई अतिरिक्त सुविधा प्रदान गर्ने भएको छ ।

सत्तारुढ दलहरूले सोमबार न्यूनतम साझा कार्यक्रममा सार्वजनिक गर्दै चिकित्सक तथा नर्सलाई सरकारी सेवामा आकर्षित गर्न विद्यमान सेवा सुविधामा पुनरावलोकन गर्ने जनाएको छ ।

सत्तारुढ दलको न्यूनतम साझा कार्यक्रममा दलहरूले चुनावी घोषणापत्रका वाचा पनि समेटिएका छन् । सबै नागरिकमा निरोगी रहने उपायबारे सचेतनामा अभिवृद्धि र सबै पालिकामा आधारभूत स्वास्थ्य सुविधा उपलब्ध गराउने उल्लेख गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस