प्रधानमन्त्री प्रचण्डले मागे विश्वासको मत, देउवाले दिए यस्तो जवाफ  « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रधानमन्त्री प्रचण्डले मागे विश्वासको मत, देउवाले दिए यस्तो जवाफ 


२५ पुस २०७९, सोमबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काँग्रेस सभापति शेरबहादुर देउवासँग विश्वासको मत मागेका छन् । सोमबार साँझ धुम्बाराही पुगेर प्रचण्डले देउवासँग विश्वासको मत मागेका हुन् । 

जवाफमा देउवाले भोलिको संसदीय दलबाट निर्णय गर्ने बताएको काँग्रेस प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्डले भोलि बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकबाट विश्वासको मत लिँदैछन् । त्यसअघि भोलि बिहान ९ बजे काँग्रेस संसदीय दलको बैठकले विश्वासको मत दिने/नदिनेबारे निर्णय गर्दैछ ।

Tags :
प्रतिक्रिया दिनुहोस