मलेसियामा अलपत्र परेका २८ नेपाली कामदारको उद्धार « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

मलेसियामा अलपत्र परेका २८ नेपाली कामदारको उद्धार


२५ पुस २०७९, सोमबार


काठमाडौँ । मलेसियामा अलपत्र परेका २८ नेपाली कामदारको उद्धार गरिएको छ । क्वालालाम्पुरस्थित नेपाली दूतावासले सोमबार एक विज्ञप्ति जारी गर्दै उनीहरूको व्यवस्थापन गरिएको जानकारी दिएको छ ।

दूतावासका अनुसार मलेसियाको कुखुरा आपूर्ति गर्ने कम्पनी होङ त्जे इन्टरप्राइज एसडीएन बीएचडीमा काम गर्न गत ८ सेप्टेम्बरमा गएका २८ जना नेपाली नागरिकलाई काम गर्ने सिलिसिलामा कम्पनीका तर्फबाट भनाभन र कुटपिट भएको थियो ।

कम्पनीबाट निकालेर अन्यत्र राखिएका २८ जनामध्ये ९ जनालाई सोही काममा फकाईएको छ । सात जनालाई ११ जनवरीमा नेपाल फर्कने व्यवस्था गरिएको छ भने बाँकी १२ जनाको हकमा पनि नेपाल फर्कने वा रोजगारीमा फर्कने उनीहरूकै छनोट अनुसारको व्यवस्था गरिने छ । 

Tags :
प्रतिक्रिया दिनुहोस