संघीय संसद सचिवालयको प्रवक्ताको जिम्मेवारी सहसचिव गिरीलाई « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

संघीय संसद सचिवालयको प्रवक्ताको जिम्मेवारी सहसचिव गिरीलाई


२५ पुस २०७९, सोमबार


काठमाडौँ । संघीय संसद सचिवालयको प्रवक्ताको जिम्मेवारी सहसचिव एकराम गिरीलाई दिइएको छ । संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले उनलाई प्रवक्ताको जिम्मेवारी दिएका हुन् ।

यसअघि प्रवक्ता रहेका सहसचिव डा.रोजनाथ पाण्डे सचिवमा बढुवा भएसँगै प्रवक्ताको पद रिक्त रहेको थियो । प्रतिनिधि सभाको कार्य व्यवस्था महाशाखा र विधि व्यवस्थापन महाशाखा प्रमुख जिम्मेवारीमा रहेका गिरीले प्रवक्ताको जिम्मेवारी पाएका हुन् ।

उनले अहिलेसम्म महिला तथा सामाजिक समिति सचिवको जिम्मेवारी पनि सम्हाल्दै आएका छन् । संघीय संसद सचिवालयको सहायक प्रवक्ता एवं सूचना अधिकारीको जिम्मेवारी भने उपसचिव दशरथ धमलाले सम्हाल्दै आएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस