प्रतिनिधि सभाबाट शोक प्रस्ताव पारित « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

प्रतिनिधि सभाबाट शोक प्रस्ताव पारित


२५ पुस २०७९, सोमबार


काठमाडौँ । प्रतिनिधि सभाको आज बसेको बैठकले पूर्व सांसद मैयाँदेवी श्रेष्ठ, बालकृष्ण ढुङ्गेल र झुलबहादुर आलेको निधनप्रति बेग्लाबेग्लै शोक प्रस्ताव पारित गरेको छ ।

बैठकले उक्त शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो । सभाले उनीहरूको निधनप्रति शोक प्रकट गर्दै दुई मिनेट मौन धारणसमेत गरेको छ । 

श्रेष्ठ नेपाली काँग्रेसका तर्फबाट विसं २०४८ मा गोरखाबाट एवं  विसं २०५६ मा राष्ट्रियसभामा निर्वाचित भएका थिए । श्रेष्ठको गत कात्तिक ६ गते ९४ वर्षको उमेरमा निधन भएको थियो । 

त्यस्तै, तत्कालीन नेकपा (माओवादी) बाट विसं २०६४ मा ओखलढुङ्गा–२ बाट निर्वाचित ढुङ्गेलको ५३ वर्षको उमेरमा कात्तिक २२ गते निधन भएको थियो । 

काँग्रेसबाट विसं २०७० मा संविधानसभा सदस्यमा निर्वाचित आलेको ७२ वर्षको उमेरमा गत मङ्सिर ९ गते निधन भएको थियो । 

बैठकले ऊनीहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ । प्रतिनिधिसभाको अर्को बैठक पुस २६ गते बिहान ११ बजे बस्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस