एकताबद्ध भएर राष्ट्र निर्माणमा लागौँ : केपी ओली « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

एकताबद्ध भएर राष्ट्र निर्माणमा लागौँ : केपी ओली


२५ पुस २०७९, सोमबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय एकताको आवश्यकता भएकाले सबै एकताबद्ध भएर राष्ट्र निर्माणमा लाग्नुपर्ने बताएका छन्। सोमबार प्रतिनिधिसभाको पहिलो बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले भने, ‘हामी लोकतान्त्रिक मूल्य मान्यतामा चलौँ। सांसद र नेताहरूको सम्पूर्ण समय गोटी चालाचालमा बित्यो भने देशका लागि कहिले काम गर्नेरु गोटी चालाचाल होइन, काम गर्ने बाटो समातौँ। आज राष्ट्रिय एकताको आवश्यकता छ। एकताबद्ध भएर राष्ट्र निर्माणका काममा लागौँ न। म सबै दलहरूलाई आग्रह, आह्वान गर्न चाहन्छु। बन्न पाएको छैन, बिगार्ने खेलतिर लाग्यौँ भने समयको बर्बादी हुन्छ ।’ उनले देशको अर्थतन्त्र गम्भीर अवस्थामा रहेको बताए।

अध्यक्ष ओलीले भने, ‘अर्थतन्त्र बढो गम्भीर अवस्थामा छ। राजश्व उपयुक्त ढङ्गले उठिरहेको छैन। धेरै वर्षपछि राजश्व असुली माइनसमा गएको छ। पहिला यस्तो भएको थिएन। वैदेशिक मुद्राको सञ्चिति डरलाग्दो छ, आयात गर्ने स्थिति छैन। निर्यात गर्ने वस्तुको उत्पादन घटेको छ, उद्योगहरू बन्द भइरहेका छन्। यस्तो अवस्थामा महँगी बढ्दो छ, जनजीवन कष्टकर छ। निर्वाचनपछि प्रतिनिधिसभा यी सबै समस्याहरूको सकारात्मक समाधान खोज्नुपर्ने र यस्ता समस्याबाट रोकेर अघि बढ्नुपर्ने छ।’

उनले प्रधानमन्त्री पुष्पकमल दाहालले मङ्गलवार नयाँ सरकारको विश्वासको मत लिनेमा आफू ढुक्क रहेको पनि बताए।

Tags :
प्रतिक्रिया दिनुहोस