संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम आज, लगत्तै मन्त्रिपरिषद् बैठक « प्रशासन
Logo ३० बैशाख २०८१, आइतबार
   

संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम आज, लगत्तै मन्त्रिपरिषद् बैठक


२५ पुस २०७९, सोमबार


काठमाडौं । सरकारले आज संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्दैछ । अहिले ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरवारबाट कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको हो । 

यसलगत्तै ५ बजे मन्त्रिपरिषद् बैठक पनि बस्ने भएको छ । बैठकले केही नियमित प्रस्तावमाथि छलफलसङै निर्णय गर्ने जनाइएको छ । साथै बैठकले २७ गते पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने निर्णय गर्न सक्ने जनाइएको छ । 

सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन गठित कार्यदलले २७ पुसमा सार्वजनिक बिदा दिने सहमति जुटाएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस