परम्परागत राजनीतिले जनतामा जान सकिँदैन : प्रधानमन्त्री « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

परम्परागत राजनीतिले जनतामा जान सकिँदैन : प्रधानमन्त्री


२५ पुस २०७९, सोमबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परम्परागत राजनीतिले जनतामा जान सक्ने अवस्था नरहेको बताएका छन् ।

प्रतिनिधिसभाको पहिलो बैठकमा सम्बोधन गर्ने क्रममा रोष्ट्रममा उभिएका प्रधानमन्त्री दाहालले जनताको जीवनमा सार्थक परिवर्तन ल्याउन नसके संसद्को भूमिकामा पनि प्रश्न उठ्ने बताए ।

“जनताको जीवनमा सार्थक परिवर्तन ल्याउन सक्छौँ वा सक्दैनौ, त्यसमै यो संसद्को सार्थकता निर्भर हुनेछ,” प्रधानमन्त्री दाहालले भने, “परम्परागत राजनीतिले हामी जनतमा जानसक्ने अवस्थामा छैनौँ । हामी निरन्तर जनताको निगरानीमा छौँ ।”

Tags :
प्रतिक्रिया दिनुहोस