काँग्रेस र एकीकृत समाजवादीसँग पनि विश्वासको मत मागिएको छ : प्रचण्ड « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

काँग्रेस र एकीकृत समाजवादीसँग पनि विश्वासको मत मागिएको छ : प्रचण्ड


२५ पुस २०७९, सोमबार


काठमाडौँ । प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार ७ दलसँगै नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादीलगायत दलहरूसँग पनि विश्वासको मत मागिएको बताएका छन्।

सिंहदरवारस्थित संसदीय दलमा सोमबार बसेको बैठकमा संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री प्रचण्डले मङ्गलवार संसदमा विश्वासको मत लिने कार्यक्रम भएकोले सबै दलहरूसँग मत मागिएको ब्रिफिङ गरेका हुन्।

बैठकका निर्णय जानकारी गराउँदै प्रमुख सचेतक हितराज पाण्डेले सत्ता साझेदार दलका अलवा नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादीलगायत दलसँग पनि विश्वासको मतका लागि कुराकानी गरिएको जानकारी प्रधानमन्त्रीले बैठकमा राखेका छन्।

प्रधानमन्त्रीले जानकारी गराएअनुसार सबै दलसँग विश्वासको मत माग्ने काम भएको उनले बताए।

‘प्रधानमन्त्रीले जानकारी गराएअनुसार सबै दलसँग कुराकानी भएको छ, काँग्रेस र एकीकृत समाजवादी लगायतसँग पनि,’ उनले भने, ‘विश्वासको मत दिन दलहरूलाई अपिल गरिएको छ। विषयवस्तु सकारात्मक नै छ।’

प्रधानमन्त्री प्रचण्डले माओवादीका सांसदहरूलाई व्यक्तिगत रूपमा पनि सांसदहरूसँग कुराकानी गरेर विश्वासको मतका लागि पहल गर्न आग्रह गरेका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस