२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

८६४ प्रहरीमाथि विभागीय कारबाही

अ+ अ-

काठमाडौँ । प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार पछिल्लो पाँच महिनामा ८६४ जना प्रहरी कारबाहीमा परेका छन् । जसमध्ये ७३ जनालाई सेवाबाट हटाइएको तथा ४२ जना निलम्बनमा परेका छन् ।

६ जनाको दर्जा घटुवा, ५० जनाको पदोन्नति रोक्का, २२ जनालाई सुरु स्केलमा घटुवा, ३४ जनाको ग्रेड रोक्का तथा ९१ जनाको ग्रेड घटुवा भएको छ । ४२१ जनालाई नसियत दिइएको, ९४ जनालाई सचेत गराइएको र पाँचजनाको चालचलनमा प्रतिकूल रायसम्बन्धी कारबाही भएको छ । त्यस्तै २६ जनाको सेवाको अन्त भएको छ । कारबाहीमा पर्नेहरू दर्जागत रूपमा एक एसपी, चार डिएसपी र २७ इन्स्पेक्टर छन् ।

त्यस्तै, १३ वरिष्ठ सई, २८ सई, ६३ असई, २६ वरिष्ठ हवल्दार, १६८ हवल्दार, १४३ सहायक हवल्दार, ३७० जवान र २१ जना प्रहरी कार्यालय सहयोगी छन् । कारबाहीमा पर्ने सिनियर अधिकृतहरूमा एसपी ऋषिराम कँडेल, डिएसपी खर्गनारायण शाह, इन्स्पेक्टरहरू अरुण बम, बुद्धिप्रसाद सुवेदी, भूपेन्द्र गिरी, शशिधर शर्मा, धर्मराज खत्री, रमेश वन, गणेश पाण्डेलगायत छन् । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका एसपी रामेश्वर यादवलाई सेवाबाट बर्खास्तको सिफारिस भएको छ ।

सिमानाकाबाट मिलेमतोमा तस्करी गराएको उजुरीपछि प्रहरी प्रधान कार्यालयले पश्चिम नवलपरासीका प्रहरी प्रमुख एसपी ऋषिराम कँडेललाई मुख्यालय झिकाएर छानबिन थालेको छ । यसअघि लागुऔषध मुद्दामा दुई भारतीयलाई फसाएको घटनामा पनि एसपी कँडेल विभागीय कारबाहीमा परिसकेका अधिकृत हुन् । तर, गम्भीर घटना भए पनि त्यतिवेला सामान्य कारबाही मात्र भोगेका एसपी कँडेलमाथि यतिवेला विस्तृत छानबिन गरी जिल्ला इन्चार्जबाट हटाउन लागिएको छ ।

यस्तै अन्य जिल्लाका प्रहरी इन्चार्जमाथि समेत छानबिन भइरहेको प्रहरी स्रोत बताउँछ । अनियमिततामा संलग्न प्रहरीमाथि प्रहरी नेतृत्वले छानबिन र कारबाहीलाई तीव्रता दिएको छ । प्रहरीकै आन्तरिक सर्वेक्षणमा भ्रष्टाचारलगायतका कारणले जनमानसमा प्रहरीको छवि राम्रो नभएको देखाएको थियो ।

दुई साताअघि इलाका प्रहरी कार्यालय, बुटवलका डिएसपी ठगबहादुर केसी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले खटाएको टोलीबाट पक्राउ परेका थिए । बरामद गरेको सुन आफैँले लुकाएको उजुरीका आधारमा प्रहरी प्रधान कार्यालयले गोप्य रूपमा टोली खटाएर सुन र नगद बरामद गरेको हो । उनलाई निलम्बन गरी थप छानबिनका लागि एक समिति बनेको प्रहरी प्रवक्ता डिआइजी टेकप्रसाद राईले बताए । एसएसपी चन्द्रकुवेर खापुङको नेतृत्वमा उनीमाथि छानबिन भइरहेको छ ।

त्यस्तै, इलाका प्रहरी कार्यालय, केशेरगन्ज सर्लाहीका इन्स्पेक्टर रोशन थापा पनि हालै कारबाहीमा परेका छन् । लागुऔषध मुद्दामा आर्थिक चलखेल गरेर वास्तविक अभियुक्तलाई जोगाउने प्रयास गरेको खुलेपछि उनीमाथि तीन ग्रेड घटुवाको कारबाही भएको छ । साथै, इप्रकाबाट समेत हटाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

अन्य दर्जन अधिकृतहरूमाथि प्रहरी प्रधान कार्यालयले छानबिन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस