हेटौँडामा करेन्ट लागेर एक जनाको मृत्यु « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

हेटौँडामा करेन्ट लागेर एक जनाको मृत्यु


२५ पुस २०७९, सोमबार


हेटौँडा । हेटौँडा-१७ स्थित कर्रा जोडधारा खोलामा माछा मार्नको लागि करेन्ट मिलाउने क्रममा अचानक करेन्ट लाग्दा एक युवकको मृत्यु भएको छ ।

सोही वडास्थित गुरौं खोलाका सख्त घाइते भएका १८ वर्षीय अमृत तामाङको हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

आइतबार राति साढे ९ बजे तामाङ माछा मार्न खोलामा गएका थिए । घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस