पाल्पामा ट्याक्टर दुर्घटना : एकको मृत्यु, चार जना घाइते « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

पाल्पामा ट्याक्टर दुर्घटना : एकको मृत्यु, चार जना घाइते


२५ पुस २०७९, सोमबार


पाल्पा । पाल्पामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ट्याक्टरमा सवार अन्य चार जना घाइते भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा रम्भा गाउँपालिका-१ हुँगीका १७ वर्षीय विशाल थापा रहेको प्रहरीले जनाएको छ । आइतबार राति कालीगण्डकी कोरिडोर अन्तर्गत पिपल डाँडाबाट हुँगीतर्फ जाँदै गरेको लु ४ त ७९१६ नम्बरको ट्याक्टर दुर्घटना भएको हो ।

ट्याक्टर आफैँ अनियन्त्रित भई सडकबाट १५ मिटर तल खसेपछि घाइते भएका थापाको तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए । स्थानीय र जिल्ला प्रहरी कार्यालय र राम्दी प्रहरी चौकीको सहयोगमा घाइतेको उद्धार गरिएको थियो ।

रम्भा गाउँपालिका २ हुँगीका १८ वर्षीय विवेक थापा, सोही स्थानका १८ वर्षीय पूर्ण बहादुर बोटे रामपुर नगरपालिका वडा नं. १ का २४ वर्षीय दिलबहादुर घर्ती, सोही स्थानका १६ वर्षीय युवराज घर्ती घाइते रहेको र उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । ट्याक्टर चालक फरार छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस