सशस्त्र प्रहरीद्वारा भूकम्पको कृतिम घटना अभ्यास « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सशस्त्र प्रहरीद्वारा भूकम्पको कृतिम घटना अभ्यास


२४ पुस २०७९, आइतबार


डोटी । डोटीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ३६ गण हेड क्वाटरले आइतबार भूकम्प सम्बन्धी कृतिम घटना अभ्यास गरेको छ । 

दिपायल सिलगढी नगरपालिका ४ पीपल्ला बजारमा रहेको अमर ज्योति इंङ्गीस बोर्डिङ स्कुलमा नेपाल रेडक्रस सोसाइटी डोटी शाखाको समन्वयमा कृतिम घटना अभ्यास गरिएको हो । 

हेड क्वाटर डोटीका प्रहरी नायब उपरीक्षक देवेन्द्र बहादुर सिंहका अनुसार भूकम्पमा अपनाउनुपर्ने पूर्व तयारी, खोज, उद्धार, प्राथमिक उपचार तथा स्थानीय स्रोत साधनको प्रयोग सम्बन्धमा शिक्षक बिद्यार्थिहरुलाई जानकारी गराउने उद्देश्यले कृतिम घटना अभ्यास गरिएको हो । 

भूकम्प आएपछि खोज र उद्धार, पुन:स्थापना घाइतेको उपचार, सरसफाइ, सुरक्षित स्थानमा पुर्‍याउने उपायहरूको बारेमा जानकारी गराउन कृतिम घटना अभ्यास महत्त्वपूर्ण रहेको नेपाल रेडक्रस सोसाइटी डोटी शाखाका सामुदायिक प्रशिक्षक कर्ण बहादुर साउँदले बताए ।

कृतीमै घटना अभ्यासमा भूकम्पपछिको अवस्था र भूकम्प गए पश्चात् गर्नुपर्ने सम्पूर्ण प्रक्रियाको अभ्यास गरिएको थियो । 

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३६ गण हेड क्वाटरले आइतबार सोही विद्यालयमा विपद् जोखिम न्यूनीकरण सम्बन्धी बिद्यार्थिहरुलाई जानकारी समेत गराएको नम्बर ३६ गण हेड क्वाटरले जनाएको छ । 

कृतिम घटना अभ्यास कार्यक्रममा शिक्षक, विद्यार्थी स्थानीय लगाएको लगायत सहभागिता रहेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस