सहमतिका आधारमा प्रदेशको नामकरण गर्छु : मुख्यमन्त्री कार्की  « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

सहमतिका आधारमा प्रदेशको नामकरण गर्छु : मुख्यमन्त्री कार्की 


२४ पुस २०७९, आइतबार


काठमाडौँ । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सहमतिका आधारमा प्रदेशको नामकरण गर्ने बताएका छन् ।

आइतबार साँझ मुख्यमन्त्री नियुक्त भएपछि उनले भने, ‘आम सहमतिको आधारमा नाम राखेर अगाडि बढ्छौँ । यो हाम्रो बाँकी रहेको महत्त्वपूर्ण काम हो ।’

प्रदेशको नामकरण प्रदेशसभाको दुई तिहाइ बहुमतले गर्ने संवैधानिक व्यवस्था छ । २०७४ सालमा गठन भएको प्रदेशसभाको कार्यकाल नामकरण नगरी सकिएको थियो ।

मुख्यमन्त्री कार्कीले सुशासनको प्रत्याभूति हुने गरी प्रदेश संरचना स्थापित गर्नु आफ्नो मुख्य एजेण्डा हुने पनि बताए । सुशासनको अनुभूति गराउँदा नै प्रदेश संरचना बलियो हुने उनको भनाइ छ ।

नेकपा एमालेका स्थायी कमिटी सदस्य कार्की माओवादी केन्द्र, राप्रपा र जसपाको समर्थनमा मुख्यमन्त्री भएका हुन् । कार्कीले प्रदेश १ को आन्तरिक मामिला तथा कानून मन्त्री भएर काम गरिसकेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस