सर्वोच्च बारको अध्यक्षमा लोकतान्त्रिक समूहका निरौला विजयी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सर्वोच्च बारको अध्यक्षमा लोकतान्त्रिक समूहका निरौला विजयी


२४ पुस २०७९, आइतबार


काठमाडौँ । सर्वोच्च अदालत बार एसोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता हरिशंकर निरौला निर्वाचित भएका छन् ।

बृहत् लोकतान्त्रिक समावेशी, पेसागत कानुन व्यवसायी समूहका उम्मेदवार निरौलाले प्रगतिशील,पेसागत तथा गणतान्त्रिक,लोकतान्त्रिक,समाजवादी र समावेशी कानुन व्यवसायी समूहका उम्मेदवार वरिष्ठ अधिवक्ता तुलसी भट्टलाई १४ मतान्तरले पराजित गरेका हुन् । निरौलाले २८९ मत पाए भने भट्टले २७५ मत पाए ।

उपाध्यक्षमा लोकतान्त्रिक समूहका अधिवक्ता जगदीशचन्द्र पाण्डे, सचिवमा प्रगतिशील समूहका श्यामकुमार खत्री, सहसचिवमा लोकतान्त्रिक समूहका सुजन लोप्चन, कोषाध्यक्षमा प्रगतिशील समूहका कपिलचन्द्र पोखरेल निर्वाचित भएका निर्वाचन समितिले जनाएको छ ।

त्यस्तै सदस्यहरूमा सिर्जना कँडेल, उत्तमराज पाठक, भीमप्रसाद ढकाल, रुपनारायण श्रेष्ठ, डा. रेशमराज रेग्मी, रामबहादुर राउत (मातृ दास), सुमनकुमार केसी र प्रभुजी पन्त निर्वाचित भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस