त्रिविको बेथिति : रिजल्टको पर्खाइमा रहेकालाई एक वर्षपछि परीक्षाको नोटिस « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

त्रिविको बेथिति : रिजल्टको पर्खाइमा रहेकालाई एक वर्षपछि परीक्षाको नोटिस


२३ पुस २०७९, शनिबार


काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले पुस ६ गते जारी गरेको हिउँदे बिदाको सूचनाअनुसार यतिबेला त्रिविअन्तर्गतका क्याम्पसहरुमा जाडो विदा छ । पुस १७ गतेदेखि बढीमा २२ दिनसम्म त्रिविअन्तर्गतका क्याम्पसहरुमा बिदा दिइएको छ । देशभरका क्याम्पसका विद्यार्थीले हिउँदे बिदा मनाइरहँदा दमक बहुमुखी क्याम्पस झापाका विद्यार्थी भने मानसिक तनावमा छन् । 

माघ ८ गतेसम्म हिँउदे विदा दिएको दमक बहुमुखी क्याम्पसमा पुनः परीक्षा सञ्चालन गर्नुपर्ने त्रिविको सूचनाले विद्यार्थीहरुलाई मानसिक तनाव दिएको हो । त्रिवि, परीक्षा नियन्त्रण कार्यलयले दमक क्यापसमा चार वर्षे बीबीएस कार्यक्रमको चौथो वर्षको ‘बिज्नेस रिसर्च मेथड्स’ विषयको परीक्षा पुनः सञ्चालन गर्न सूचना जारी गरेपछि विद्यार्थीसँगै क्याम्पस प्रशासन पनि तानावमा छ । त्रिविले गरेको सूचना अनुसार क्याम्पसले आइतबार बिहान ८ बजेदेखि परीक्षा लिने तयारी गरेको छ ।

नतिजा आउन ढिला भएर तनाव भईरहेको बेला फेरि परीक्षा दिनुपर्ने सूचनाले तनाव दिएको र त्रिविको लापरवाहीको सजाय आफूहरुले भोग्नु परेको विद्यार्थीहरु बताउछन् । दमक बहुमुखी क्याम्पस अनेरास्ववियुका अध्यक्ष भिजन चेम्जोङका अनुसार सबै विद्यार्थी परीक्षामा सहभागी हुन सक्ने अवस्था छैन । ‘परीक्षामा सबै विद्यार्थी सहभागी हुन सक्ने अवस्था छैन । किन कि यतिबेला को कहाँ छ? थाहा छैन । केही बाहिर छन्, केहीलाई सूचना पुर्याउनै गाह्रो छ,’ उनले भने, ‘७० प्रतिशत विद्यार्थी परीक्षामा सहभागी होलान् ।’

त्रिवि परीक्षा नियन्त्रण कार्यालयको सूचना अनुसार करिव दुई सय विद्यार्थीका लागि परीक्षाको तयारी गरेको दमक बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा. नेत्रबहादुर बुढाथोकीले जानकारी दिए । ‘सबै कुरा हामीलाई थाहा छैन । सिम्बोल नम्बर ७०२०२०००१ देखि ७०२०२०२५२ सम्मका विद्यार्थीको पुनः परीक्षा लिनु पर्ने भनेर परीक्षा नियन्त्रण कार्यालयबाट जानकारी आयो । उक्त जानकारी अनुसार विद्यार्थीलाई परीक्षामा सहभागिताका लागि सूचना प्रवाह गरेका छौं,’ उनले भने ‘ के भएर, के का लागि परीक्षा लिन लागिएको हो । यो परीक्षा नियन्त्रण कार्यालयले मात्रै जान्दछ । हामी जान्दैनौं ।’

बीबीएस चौथो वर्षको परीक्षा २०७८ साल पुस २० गतेदेखि माघ ४ गतेसम्म सञ्चालन भएको थियो । यसअघि संचालन भएको परीक्षामा कुनै कमजारी नभएको क्याम्पसले जनाएको छ । ‘हामीसँग परीक्षा संचालन गरेको, त्रिविलाई उत्तरपुस्तिका बुझाएको भरपाइ हामीसँग छन् । हाम्रो कमजोरी छैन ।’ बुढाथोकीले भने । 

परीक्षामा सहभागी हुन नसक्ने विद्यार्थीका लागि के गर्ने भन्ने विषय अन्योलमा छ । क्याम्पस प्रमुख बुढाथोकीले भने, ‘हामीले सूचना दिएका छौं । आएका विद्यार्थीको परीक्षा हुन्छ । नआएकालाई के गर्ने भन्ने विषय परीक्षा नियन्त्रण कार्यालयले नै जान्दछ । यसको जवाफ कार्यालयसँग नै होला ।’

नतिजा सार्वजनीक गर्न ढिला गर्नु, नतिजाको पखाईमा रहेकालाई पुनः परीक्षको सूचना जारी गर्नु परीक्षा नियन्त्रण कार्यालयको चरम लाहपर्वाही हो । र विद्यार्थीको भविष्यमाथिको खेलवाड पनि । तर, विद्यार्थी सामू परीक्षा दिनुको विकल्प छैन । दमक बहुमुखी क्याम्पसको उत्तरपुस्तिका हराएकाले पुनः परीक्षा गराउन लागेको परीक्षा नियन्त्रण कार्यालय स्रोतले जनाएको छ । यस विषयमा त्रिविका अधिकारी खुलेर कुरा गर्न चाहदैनन् । परीक्षा नियन्त्रक पुष्पराज जोशीको फोन उठेन भने त्रिविका रजिष्ट्रार प्रा.डा. पेशल दाहालले यो विषयमा विस्तृत रुपमा परीक्षा नियन्त्रकलाई नै थाहा हुने जवाफ दिए । 

समयमै परीक्षाफल प्रकाशित नगरेर आलोचित बनेको त्रिभुवन विश्वविद्यालयले फेरी विद्यार्थीको भविष्यमाथि खोलवाड गर्ने कार्यलाई रोकेको छैन । तालिकाअनुसार परीक्षा, नतिजा र पढाई नहुने, एउटै रजिष्ट्रेशन नम्बरबाट दुई जनाको ट्रान्सकिप आउने, प्रश्नपत्र दोहोरिने, अर्कै विषयको प्रश्नपत्र आउने, निजी कलेजका प्रश्नपत्र बाडिने जस्ता विषयले पनि बेलाबेला त्रिवि चर्चामा आउँछ भने त्रिविको वेथिति पनि बाहिरिन्छ । विद्यार्थीको उत्तरपुस्तिका हराउने, नतिजा आउँदा एप्सेन्ट आउने, नतिजा अर्कै विषयको आउने जस्ता समस्या त सामान्य भइसकेका छन् । यस्ता घटनाले त्रिविको मूल्यांकन पद्धति र विश्वश्नियतामा नै प्रश्न खडा गरेको छ ।

 चार वर्षे बीबीएस कार्यक्रमको चौथो वर्षको ‘बिज्नेस रिसर्च मेथड्स’ विषयको परीक्षा पुनः सञ्चालन गर्न सूचना जारी गरेपछि विद्यार्थीसँगै क्याम्पस प्रशासन पनि तनावमा छ । त्रिविले गरेको सूचना अनुसार क्याम्पसले आइतबार बिहान ८ बजेदेखि परीक्षा लिने तयारी गरेको छ ।

नतिजा आउन ढिला भएर तनाव भइरहेको बेला फेरि परीक्षा दिनुपर्ने सूचनाले तनाव दिएको र त्रिविको लापरबाहीको सजाय आफूहरूले भोग्नु परेको विद्यार्थीहरू बताउँछन् । दमक बहुमुखी क्याम्पस अनेरास्ववियुका अध्यक्ष भिजन चेम्जोङका अनुसार सबै विद्यार्थी परीक्षामा सहभागी हुन सक्ने अवस्था छैन । ‘परीक्षामा सबै विद्यार्थी सहभागी हुन सक्ने अवस्था छैन । किन कि यति बेला को कहाँ छ? थाहा छैन । केही बाहिर छन्, केहीलाई सूचना पुर्‍याउनै गाह्रो छ,’ उनले भने, ‘७० प्रतिशत विद्यार्थी परीक्षामा सहभागी होलान् ।’

त्रिवि परीक्षा नियन्त्रण कार्यालयको सूचना अनुसार करिव दुई सय विद्यार्थीका लागि परीक्षाको तयारी गरेको दमक बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा. नेत्रबहादुर बुढाथोकीले जानकारी दिए । ‘सबै कुरा हामीलाई थाहा छैन । सिम्बोल नम्बर ७०२०२०००१ देखि ७०२०२०२५२ सम्मका विद्यार्थीको पुनः परीक्षा लिनु पर्ने भनेर परीक्षा नियन्त्रण कार्यालयबाट जानकारी आयो । उक्त जानकारी अनुसार विद्यार्थीलाई परीक्षामा सहभागिताका लागि सूचना प्रवाह गरेका छौँ,’ उनले भने ‘ के भएर, के का लागि परीक्षा लिन लागिएको हो । यो परीक्षा नियन्त्रण कार्यालयले मात्रै जान्दछ । हामी जान्दैनौँ ।’

बीबीएस चौथो वर्षको परीक्षा २०७८ साल पुस २० गतेदेखि माघ ४ गतेसम्म सञ्चालन भएको थियो । यसअघि सञ्चालन भएको परीक्षामा कुनै कमजोरी नभएको क्याम्पसले जनाएको छ । ‘हामीसँग परीक्षा सञ्चालन गरेको, त्रिविलाई उत्तर पुस्तिका बुझाएको भरपाई हामीसँग छन् । हाम्रो कमजोरी छैन ।’ बुढाथोकीले भने । 

परीक्षामा सहभागी हुन नसक्ने विद्यार्थीका लागि के गर्ने भन्ने विषय अन्योलमा छ । क्याम्पस प्रमुख बुढाथोकीले भने, ‘हामीले सूचना दिएका छौँ । आएका विद्यार्थीको परीक्षा हुन्छ । नआएकालाई के गर्ने भन्ने विषय परीक्षा नियन्त्रण कार्यालयले नै जान्दछ । यसको जवाफ कार्यालयसँग नै होला ।’

नतिजा सार्वजनिक गर्न ढिला गर्नु, नतिजाको पर्खाइमा रहेकालाई पुनः परीक्षाको सूचना जारी गर्नु परीक्षा नियन्त्रण कार्यालयको चरम लाहपर्वाही हो । र विद्यार्थीको भविष्यमाथिको खेलवाड पनि । तर, विद्यार्थी सामू परीक्षा दिनुको विकल्प छैन । दमक बहुमुखी क्याम्पसको उत्तर पुस्तिका हराएकाले पुनः परीक्षा गराउन लागेको परीक्षा नियन्त्रण कार्यालय स्रोतले जनाएको छ । यस विषयमा त्रिविका अधिकारी खुलेर कुरा गर्न चाहँदैनन् । परीक्षा नियन्त्रक पुष्पराज जोशीको फोन उठेन भने त्रिविका रजिष्ट्रार प्रा.डा. पेशल दाहालले यो विषयमा विस्तृत रूपमा परीक्षा नियन्त्रकलाई नै थाहा हुने जवाफ दिए । 

समयमै परीक्षाफल प्रकाशित नगरेर आलोचित बनेको त्रिभुवन विश्वविद्यालयले फेरी विद्यार्थीको भविष्यमाथि खोलवाड गर्ने कार्यलाई रोकेको छैन । तालिकाअनुसार परीक्षा, नतिजा र पढाई नहुने, एउटै रजिस्ट्रेसन नम्बरबाट दुई जनाको ट्रान्सकिप आउने, प्रश्न पत्र दोहोरिने, अर्कै विषयको प्रश्न पत्र आउने, निजी कलेजका प्रश्न पत्र बाँडिने जस्ता विषयले पनि बेलाबेला त्रिवि चर्चामा आउँछ भने त्रिविको बेथिति पनि बाहिरिन्छ । विद्यार्थीको उत्तर पुस्तिका हराउने, नतिजा आउँदा एप्सेन्ट आउने, नतिजा अर्कै विषयको आउने जस्ता समस्या त सामान्य भइसकेका छन् । यस्ता घटनाले त्रिविको मूल्याङ्कन पद्धति र विश्वश्नियतामा नै प्रश्न खडा गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस