महाकाली नदीमा तुइनबाट खसेर बालक बेपत्ता « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

महाकाली नदीमा तुइनबाट खसेर बालक बेपत्ता


२३ पुस २०७९, शनिबार


डडेलधुरा । दार्चुलास्थित महाकाली नदीमा रहेको तुइनबाट खसेर एक बालक बेपत्ता भएका छन् ।

जिल्लाको व्यास गाउँपालिका–४ डोकटस्थित कौनेणी तुइन तर्ने क्रममा स्थानीय १० वर्षीय बालक दीपक विष्ट खसेर बेपत्ता भएका हुन् ।

गाउँपालिका उपाध्यक्ष विनोद कुवरका अनुसार ती बालक नेपालबाट भारत जाने क्रममा बिहीबार बेपत्ता भएका हुन् ।

‘आमाको पछाडि लागेर ती बालक पनि गएका रहेछन्,’ उनले भने, ‘अहिले उनकी आमालाई भेट्न गइरहेका छौँ ।’ जिल्ला प्रहरी कार्यालय दार्चुलाले घटनास्थलमा प्रहरी पठाइएको बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस