काँग्रेस गठबन्धन भत्काउने प्रयासमा छ, सफल हुन दिन्नौँ : ओली « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

काँग्रेस गठबन्धन भत्काउने प्रयासमा छ, सफल हुन दिन्नौँ : ओली


२३ पुस २०७९, शनिबार


काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले काँग्रेस सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धन भत्काउने प्रयास गरेको बताएका छन् । तर, आफूहरूले देउवाको प्रयास कुनै हालतमा सफल हुन नदिने उनको भनाइ छ ।

शनिवारबाट काठमाडौँमा सुरु भएको पार्टीका सांसदहरूको प्रशिक्षण कार्यक्रममा ओलीले भने, ‘अहिले असफल पार्ने प्रयास बेस्सरी भइरहेका छन् । नेपाली काँग्रेसका सभापति माननीय शेरबहादुर देउवाजीले भन्नुभयो– वी विल कम ब्याक । उहाँहरूले २६ गते नै आउँछौँ भनेको हो । उहाँहरूले यस्तो खुद्रा खेल खेलिरहनुभएको अहिले । पार्टीहरूमा बाडिरहनुभएको छ, प्रधानमन्त्री । एउटा पार्टीको अध्यक्षलाई बोलायो, प्रधानमन्त्री तिमी हुने हो भनेको छ । उहाँहरू च्याँखे थापेर बस्नुहुन्छ ।’

उनले आफूले अहिलेको सरकारलाई सफल र प्रभावकारी बनाउन चाहेको पनि बताए । ओलीले भने, ‘यो सरकारलाई हामी सफल सरकार बनाउन चाहन्छौँ । यो सरकारलाई हामी उपयुक्त ढङ्गले गाइड गर्न चाहन्छौँ । यसले सही नीति लेओस् । यस सरकारले भ्रष्टाचार नगरोस् । भ्रष्टाचार नसहोस् । यसले सुशासन र विकास निम्ति उचित र आवश्यक कदमहरू दृढताका साथ चालोस् । सक्रियतापूर्वक अघि बढोस् । हामी त्यो चाहन्छौँ ।’

Tags :
प्रतिक्रिया दिनुहोस