काँग्रेस संसदीय दलको बैठक सुरु « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

काँग्रेस संसदीय दलको बैठक सुरु


२३ पुस २०७९, शनिबार


काठमाडौँ । नेपाली काँग्रेसको संसदीय दलको बैठक सुरु भएको छ।

शनिबार नेपाली काँग्रेसको संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक सुरु भएको हो।

काँग्रेसले नयाँ सरकार बनाउन नसकेपछि प्रतिपक्षमा रहेर आफ्नो भूमिकालाई कसरी अघि बढाउने भन्ने बारेमा रणनीति तयार पार्न बैठक बसेको हो।

तत्कालीन गठबन्धनमा रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ प्रधानमन्त्रीमा पुस २६ गते विश्वासको मत लिँदै गर्दा काँग्रेस अब कसरी अघि बढ्ने भन्ने रणनीति बनाउन व्यस्त छ।

प्रतिपक्षमा रहेर आफ्नो भूमिकालाई कसरी अघि बढाउने भन्ने निर्णय संसदीय दलको बैठकले गर्नेछ। प्रधानमन्त्री प्रचण्डले काँग्रेसलाई पनि आफू नेतृत्वको सरकारलाई विश्वासको मत दिन आग्रह गरेका छन्।नेपाली काँग्रेसका शीर्ष नेताहरूले भने राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्नेमा जोड दिएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस