दार्चुलामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

दार्चुलामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु


२३ पुस २०७९, शनिबार


काठमाडौँ । दार्चुलामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

ब्यास गाउँपालिका -५ धौलाकोटमा ट्याक्टर दुर्घटना हुँदा सोही ठाउँका लोकेन्द्र सिलवालको मृत्यु भएको हो।

उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। उनले चलाएको म १ त १११८ नम्बरको ट्याक्टर शुक्रबार राति दुर्घटनामा परेको थियो।

ट्याक्टर सडकदेखि १०० मिटर तल खसेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस