जिल्ला प्रशासन कार्यालय भक्तपुरमा पनि टायम कार्ड लागू  « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

जिल्ला प्रशासन कार्यालय भक्तपुरमा पनि टायम कार्ड लागू 


२२ पुस २०७९, शुक्रबार


भक्तपुर । जिल्ला प्रशासन कार्यालय भक्तपुरले पनि टायम कार्ड लागू गरेको छ । काठमाडौँ जिल्ला प्रशासन पछि भक्तपुरले पनि विभिन्न १२ वटा सेवामा टायम कार्ड लागू गरेको हो । 

सबै कागजात पुरा भएको अवस्थामा १५ सेवा अनुसार १५ मिनेटदेखि ४५ मिनेटभित्र सबै सेवा दिई सक्ने र मुद्धा फैसलाको हकमा ६० दिन भित्र गरिसक्ने प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माले बताइन् । 

यसैगरी असक्त नागरिक, ज्येष्ठ नागरिक९६५ वर्ष माथि०, सानो बच्चा सहितको महिलालाई लाइनमा नराखी प्राथमिकता दिएर सेवा प्रवाह गर्ने र पूर्व जानकारी प्राप्त भएमा राम्ररी हिँडडुल गर्न नसक्ने, अरूको सहारा लिनुपर्ने नागरिकलाई घरमै पुगेर प्रमुख जिल्ला अधिकारीबाट नागरिक प्रदान भएको पनि प्रजिअ शर्माको भनाई छ । 

हिजो मात्रै जिल्ला प्रशासन कार्यालय काठमाडौँले विभिन्न १० वटा सेवामा टायम कार्ड लागू गरेको थियो ।

सम्बन्धित समाचार : सेवा प्रवाहमा जिल्ला प्रशासन काठमाडौँको छलाङ, यी १० सेवामा शुरु भयो टायम कार्ड !

Tags :
प्रतिक्रिया दिनुहोस