काठमाडौँबाट ३२ जना फरार अभियुक्त पक्राउ « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

काठमाडौँबाट ३२ जना फरार अभियुक्त पक्राउ


२२ पुस २०७९, शुक्रबार


पक्राउ

काठमाडौँ । काठमाडौँका विभिन्न ठाउँबाट प्रहरीले ठुलो संख्यामा फरार अभियुक्तहरूलाई पक्राउ गरेको छ । काठमाडौँ जिल्लाबाट शुक्रवार ३२ जना फरार अभियुक्तहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भरत बोहराले बताए ।

पक्राउ पर्नेमा किर्ते मुद्दा, जुवा, सरकारी छाप दस्तखत किर्ते, नकवजनी चोरी, लागुऔषध र वैदेशिक रोजगार ठगी लगायत मुद्दाका फरार छन् । फरार अभियुक्तहरूलाई पक्रेर प्रहरीले अदालतमा पेस गरेको छ ।

अदालतले पक्राउ परेकाहरूलाई ११ महिना २८ दिन कैद राख्न र ३ लाख ३० हजार जरिवाना असुल गर्न आदेश गरेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस