श्रीमतीले सम्बन्ध विच्छेदको निवेदन दर्ता गराएपछि ७ जनाको हत्यापछि आत्महत्या « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

श्रीमतीले सम्बन्ध विच्छेदको निवेदन दर्ता गराएपछि ७ जनाको हत्यापछि आत्महत्या


२२ पुस २०७९, शुक्रबार


काठमाडौँ । श्रीमतीले सम्बन्ध विच्छेदको निवेदन सम्बन्धित निकायमा दर्ता गरेपछि उटाहका एक ४२ वर्षीय पुरुषले आफ्ना पाँच छोराछोरी, सासू र श्रीमतीलाई गोली हानेर हत्या गरेपछि आत्महत्या गरेका छन् ।

श्रीमतीले सम्बन्ध विच्छेदको मुद्दा दायर गरेको दुई सातापछि उनीहरूको हत्या गरिएको सरकारी अधिकारीहरूले बताएका छन्।

घटना साल्टलेक सिटी र लस भेगासबीचको दक्षिणी उटाहको सानो सहर एनोकमा घटेको हो । प्रहरीले बिहीबार भएको पत्रकार सम्मेलनमा घरायसी समस्याका कारण हत्या भएको बताए पनि घटनाको विस्तृत विवरण सार्वजनिक गरेन ।

यद्यपि नगरका प्रमुख जेफ्री चेस्नटले सम्बन्ध विच्छेदको निवेदन नै हत्याको कारण हुनसक्ने बताएका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस