राजेन्द्र लिङ्देनलाई प्रधानमन्त्रीको अफर गरेका छैनौँ : काँग्रेस « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

राजेन्द्र लिङ्देनलाई प्रधानमन्त्रीको अफर गरेका छैनौँ : काँग्रेस


२२ पुस २०७९, शुक्रबार


काठमाडौँ । नेपाली काँग्रेसले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई प्रधानमन्त्रीको अफर नगरेको स्पष्ट पारेको छ ।

सभापति शेरबहादुर देउवाको निवासमा भएको काँग्रेस पदाधिकारीहरूको बैठकमा कुनै पनि पदाधिकारीले औपचारिक वा अनौपचारिक तरिकाले प्रधानमन्त्रीको अफर नगरेको विषयमा कुराकानी भएको महामन्त्री विश्वप्रकाश शर्माले बताए ।

“नजाने गाउँको बाटो सोधिरहेको छैनौँ । भ्रम फैलाइएको हो,” शर्माले भने, “कसैलाई प्रधानमन्त्री पदमा अफर गरेका छैनौँ । संस्थागतरुपमा कुनै पदाधिकारीबाट भएन । कुनै साथीले चोकमा चिया पिउँदा भन्नुभयो होला । हामीले भनेका छैनौँ । अहिले गठबन्धन भत्काउने कुरामा लागेका छैनौँ ।”

शर्माले गठबन्धन भत्किनुमा सभापतिको जति दोष छ त्यति दोष महामन्त्रीहरूको पनि छ भन्न नमिल्ने बताए ।

“क्रिकेटको अन्तिम ओभरमा गम्भीरता पुगेन भने जुन क्षति हुने हो त्यो हामीले बेहोरिसक्यौँ । फेरि पनि सम्हालिएर अघि बढ्नुपर्छ,” उनले भने, “२५ गते संसद् अधिवेशन छ । पूर्वसन्ध्यामा दलको बैठकका बारेमा छलफल गर्‍यौँ । हाम्रा दृष्टिकोणहरू पुगेन कि भन्ने भयो । हाम्रो सावधानी पुगेन । हामी सहभागी हुन सकेनौँ । हामी पनि आत्मालोचित हुनुपर्छ । दुर्घटना नभएर सेफ ल्यान्डिङ भएको भए अर्कै कुरा हुने थियो । अहिले दुर्घटना भइसकेपछि को पाइलटलाई दोष दिनु उचित हुँदैन ।”

Tags :
प्रतिक्रिया दिनुहोस