ग्लोबल आइएमई र बीओकेको सम्पूर्ण बैङ्किङ कारोबार दुई दिन बन्द हुने « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

ग्लोबल आइएमई र बीओकेको सम्पूर्ण बैङ्किङ कारोबार दुई दिन बन्द हुने


२२ पुस २०७९, शुक्रबार


काठमाडौँ । ग्लोबल आइएमई बैङ्क र बैङ्क अफ काठमाण्डू (बीओके) को सम्पूर्ण बैङ्किङ कारोबार दुई दिन बन्द हुने भएको छ । ग्लोबल आइएमई र बीओके यहीँ आउँदो पुस २५ गतेदेखि एकीकृत कारोबारमा जाने भएसँगै प्राविधिक तयारीका लागि पुस २३ र २४ गते (शनिबार र आइतबार) दुवै बैङ्कको कारोबार बन्द हुने भएको हो । 

मर्जरका लागि यी दुवै बैङ्कहरूले नेपाल राष्ट्र बैङ्क, नेपाल धितोपत्र बोर्ड तथा कम्पनी रजिष्ट्रारको कार्यालयबाट समेत अन्तिम स्वीकृति पाइसकेका छन् । ग्लोबल आइएमई बैङ्क लिमिटेडको गत मंसिर २३ गते सम्पन्न १६औँ वार्षिक साधारण सभाले र बैङ्क अफ काठमाण्डूको सोही मंसिर २३ गतेको वार्षिक साधारण सभाले मर्जरमा जाने प्रस्ताव पारित गरेको थियो । 

योसँगै मर्जरका लागि राष्ट्र बैङ्क समक्ष प्रस्ताव गरेकोमा बैङ्कहरूले पुस २५ गते ग्लोबल आइएमई बैङ्क लिमिटेडको नाममा एकीकृत कारोबारमा जाने गरी स्वीकृति पाएको हो । मर्जरपछिको ग्लोबल आइएमई बैङ्क ३४ अर्बमाथिको चुक्तापुँजीसहित ठूलो बैङ्क बन्दैछ ।

Tags :
प्रतिक्रिया दिनुहोस