राष्ट्रपतिमा दाबी गर्दै नेम्वाङले भने-‘छैठौँपटक सभामुख बन्दिनँ, सरकारमा जान्नँ’ « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

राष्ट्रपतिमा दाबी गर्दै नेम्वाङले भने-‘छैठौँपटक सभामुख बन्दिनँ, सरकारमा जान्नँ’


२२ पुस २०७९, शुक्रबार


काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले राष्ट्रपतिमा आफ्नो दाबी रहेको जनाएका छन्। सत्ता गठबन्धनमा एमालेले राष्ट्रपति र सभामुख लिने समझदारी भएको अवस्थामा आफूले राष्ट्रपति पद पाउनुपर्ने सङ्केत गर्दै आएका छन्।

एमाले-माओवादी गठबन्धन बनाउनसमेत भूमिका खेलेका नेम्वाङ राष्ट्रपतिको स्वभाविक उम्मेदवार भए पनि पार्टी नेतृत्वले अरू विकल्प खोज्न थालेका छन्। एमाले अध्यक्ष केपी ओलीले राष्ट्रपतिको उम्मेदवार बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल वा राष्ट्रियसभाका पूर्व सदस्य गोमा देवकोटालाई बनाउन छलफल थालेका हुन्।

नेम्वाङलाई फेरि सभामुख नै बनाउने वा सरकारमा पठाउने विषयमा छलफल सुरु भएपछि उनले त्यसप्रति असहमति जनाएका छन्। उनले भने, ‘म पाँच पटक सभामुख भइसकेँ। त्यो पनि संविधानसभा अध्यक्षको समेत जिम्मेवारी सर्वसम्मत रूपमा दुई पटक लिएर। अब म फेरि सभामुख हुँदिनँ। सरकारमा जाने त कुरै आउँदैन।’

उनले कुनै पनि व्यक्तिलाई जिम्मेवारी दिँदा स्वभाविक हुनुपर्ने धारणा राखे। व्यक्तिलाई जिम्मेवारी दिने कुरामा अहिले पञ्चायतको जति पनि स्ट्याण्डर कायम गर्न नसकेको भन्दै उनले गुनासो गरे।

रवि लामिछानेलाई एकै पटक उपप्रधानमन्त्री बनाएको विषयमा एमालेभित्र असन्तुष्टि देखिएका बेला नेम्वाङले अरू पदमा त्यस्तो अस्वभाविक हुन नहुने जिकिर गरे।

Tags :
प्रतिक्रिया दिनुहोस