मधेसमा सरकार गठनका लागि आह्वान « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

मधेसमा सरकार गठनका लागि आह्वान


२२ पुस २०७९, शुक्रबार


काठमाडौँ । मधेस प्रदेशमा नयाँ सरकारका लागि सात दिनभित्र दाबी पेस गर्न प्रदेश प्रमुख हरिशंकर मिश्रले आह्वान गरेका छन्। 

संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत पुर्‍याएर मुख्यमन्त्री नियुक्तिका लागि लागि पुस २८ गते बेलुका ४ बजेसम्म दाबी पेस गर्न आह्वान गरेका हुन्।

‘निर्वाचन परिणामबाट मुख्यमन्त्री नियुक्ति गर्न नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकोले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नका लागि पुस २८ गते बिहीबार दिउँसो ४ः०० बजेभित्र दाबी पेस गर्न प्रदेश प्रमुखबाट आह्वान भएको छ’, प्रदेश प्रमुखको कार्यालयका सचिव राजेन्द्र पराजुलीले विज्ञप्तिमा जानकारी दिएका छन् । 

मधेस प्रदेशसभामा १०७ जना सांसद छन्। सरकार बनाउन बहुमतका लागि ५४ जना सांसदको समर्थन आवश्यक हुन्छ । 

Tags :
प्रतिक्रिया दिनुहोस