कम्प्युटर अपरेटर यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर  « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कम्प्युटर अपरेटर यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर 


२२ पुस २०७९, शुक्रबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय, पर्साका कम्प्युटर अपरेटर सञ्जयप्रसाद यादवविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । शुक्रवार उनीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको अख्तियारले जनाएको छ । 

रोक्का रहेको जग्गा फुकुवा गर्न सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस मागिरहेको सूचनाका आधारमा अख्तियारले उनलाई गत असोज ३१ गते ५ हजार रुपैयाँ घुस रकमसहित नियन्त्रणमा लिएको थियो । उनलाई आयोगको कार्यालय, हेटौँडाबाट खटिएको टोलीले पक्राउ गरेको थियो । 

अनुसन्धानको सिलसिलामा यादवले सेवाग्राहीसँग जग्गा फुकुवा गर्न सहजीकरण गरिदिने भनी भदौमा ६ हजार र असोजमा ५ हजार गरी कूल ११ हजार रुपैयाँ घुस लिएको पुष्टि हुन आएकोले उनीविरुद्ध मुद्दा दर्ता गरिएको अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए । अख्तियारले उनीविरुद्ध ११ हजार रुपैयाँ बिगो, जरिबाना र कैद सजायको माग दाबी गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस