रवि लामिछाने नेपाली नागरिक होइनन् : वरिष्ठ अधिवक्ता भण्डारी « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

रवि लामिछाने नेपाली नागरिक होइनन् : वरिष्ठ अधिवक्ता भण्डारी


२२ पुस २०७९, शुक्रबार


काठमाडौँ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने नेपाली नागरिक नभएको जिकिर गर्दै सर्वोच्चमा एक वरिष्ठ अधिवक्ताले बहस गरेका छन् ।

वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले लामिछाने नेपाली नागरिक नै नभएको जिकिर गरेका हुन् ।

अमेरिकाको नागरिकता लिएपछि लामिछाने नेपाली नागरिक नहुने र नागरिकता सम्बन्धी ऐन २०६३ को दफा १० (१)को अनुसार लामिछाने २०५० सालमा लिएको नागरिकता दुरुपयोग गरेको देखिएको जिकिर गरे । निर्वाचन आयोगमा लामिछानेले पुनः नागरिकता नलिएको कुरा स्वीकारेको उल्लेख गर्दै भण्डारीले ऐनको दफा ११ को प्रक्रियामा नजाने छुट कसैलाई नभएको तर्क गरे ।

नेपालमा फेमिलि भिसामा आएका रविले नेपाली नागरिकता लिने प्रक्रियासमेत पुरा नगरेकाले उनी गृहमन्त्रीमा रहिरहने नैतिक अधिकार नभएको भण्डारीले समेत जिकिर गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस