सर्वदलीय बैठक सुरु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सर्वदलीय बैठक सुरु


२२ पुस २०७९, शुक्रबार


काठमाडौँ । सर्वदलीय बैठक सुरु भएको छ। नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक सुरु भएको हो।

प्रतिनिधि सभाको पहिलो बैठकका एजेण्डा तय गर्नका लागि प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले बोलाएका हुन् ।

प्रतिनिधि सभाको पहिलो बैठक २५ पुसमा बस्दै छ । बैठकमा सभामुख चयन, सरकारले विश्वासको मत लिने तयारी, राष्ट्रपतिको सम्बोधन लगायतका विषयमा पनि छलफल हुँदै छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २६ पुसमा विश्वासको मत लिने तयारी गरेका छन् । प्रधानमन्त्रीले विश्वासको मत लिएपछि सभामुख चयन गर्ने तयारी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस