उपप्रधानमन्त्री श्रेष्ठ र अमेरिकी राजदूतबीच भेटवार्ता « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

उपप्रधानमन्त्री श्रेष्ठ र अमेरिकी राजदूतबीच भेटवार्ता


२२ पुस २०७९, शुक्रबार


काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनले भेटवार्ता गरेका छन्।

उनीहरूबीच आज भेटवार्ता भएको हो।

उपप्रधानमन्त्रीसमेत रहेका श्रेष्ठ र राजदूत थम्प्सनबीच द्विपक्षीय हितका विषयमा कुराकानी भएको मन्त्री श्रेष्ठको सचिवालयले जानकारी दिएको छ।

उक्त भेटवार्तामा राजदूत थम्प्सनले उपप्रधानमन्त्री श्रेष्ठलाई बधाई तथा सफल कार्यकालको शुभकामना पनि दिएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस