‘गठबन्धनको औचित्य लाभ हानी खोज्नुपर्दछ’  « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

‘गठबन्धनको औचित्य लाभ हानी खोज्नुपर्दछ’ 


२१ पुस २०७९, बिहिबार


काठमाडौँ । फरक फरक राजनीतिक एजेण्डा बोकेका दलहरूको सहकार्यले पुगेको लाभ र क्षतिको जवाफ काँग्रेस नेतृत्वले दिनुपर्ने विषयलाई पार्टीले गठन गरेको निर्वाचन अनुगमन तथा अनुशासन उपसमितिले औँल्याएको छ ।

उपसमितिले पार्टीको निर्देशन विपरीत गतिविधि गरेको ठहर भएका व्यक्तिलाई पुन दलमा प्रवेश गर्न नदिन पार्टी केन्द्रको ध्यानाकर्षण गराइएको छ ।

निर्वाचन परिचालन समिति अन्तर्गतको उक्त उपसमितिले बिहीबार आफ्नो प्रतिवेदन प्रस्तुत सार्वजनिक गरेको छ । मतदाताको मनोविज्ञान बुझ्न पार्टीलाई सुझाव प्रतिवेदनमा दिइएको छ ।

विगतमा काँग्रेसमा सक्रिय भई हाल निष्क्रिय रहेका तथा प्रबुद्ध वर्गसँग निरन्तर संवाद गर्न सुझाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस