बैङ्कको हाकिम हुँ भन्दै ठगी गर्ने एक पक्राउ « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

बैङ्कको हाकिम हुँ भन्दै ठगी गर्ने एक पक्राउ


२१ पुस २०७९, बिहिबार


पक्राउ

काठमाडौँ । विभिन्न प्रलोभनमा पारी कैलाली र कञ्चनपुरमा ठगी धन्दा गर्ने एक जनालाई प्रहरीले आज पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दार्चुला लेकम गाउँपालिका-१ का पदमराज भट्ट रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।

जोशीका अनुसार विभिन्न बैङ्क तथा सङ्घसंस्थाको हाकिम हुँ भनी आफ्नो वास्तविक परिचय लुकाई कैलाली, कञ्चनपुरलगायत विभिन्न स्थानमा बस्ने व्यक्तिलाई डर, त्रास तथा विभिन्न प्रलोभन देखाउने गरेको र महिलालाई ललाइफकाई गरी निजहरूको अश्लील भिडियो पोस्ट गरिदिने धम्की दिँदै ठगीमा संलग्न भट्टलाई पक्राउ गरिएको हो ।

उनलाई धनगढी उपमहानगरपालिका-३ बाट पक्राउ गरी कार्यालयबाट थप अनुसन्धान भइरहेको बताइएको छ । निज व्यक्तिबाट ठगी भई पीडित भएका व्यक्तिहरूले प्रमाणसहितको जाहेरी दर्खास्त लिई कार्यालय सम्पर्क गर्न आउन हुनसमेत जिल्ला प्रहरी कार्यालय कैलालीले अनुरोध गरेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस