त्रिवि विद्यार्थी कल्याण परिषदद्वारा स्ववियु निर्वाचनको मिति सिफारिस « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

त्रिवि विद्यार्थी कल्याण परिषदद्वारा स्ववियु निर्वाचनको मिति सिफारिस


२१ पुस २०७९, बिहिबार


काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको विद्यार्थी कल्याण परिषदले स्ववियु निर्वाचनको मिति चैत ५ गते गर्न त्रिवि कार्यकारी परिषद्लाई सिफारिस गरेको छ ।

विद्यार्थी कल्याण परिषद्को बिहीबार बसेको बैठकले चैत ५ गते गर्नको लागि त्रिवि कार्यकारी परिषद्लाई सिफारिस गरेको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका प्रमुख पशुपति अधिकारीले जानकारी दिए ।

शिक्षाध्यक्षको अध्यक्षतामा रहेको विद्यार्थी कल्याण परिषद्को सिफारिसमा त्रिविको कार्यकारी परिषद्ले निर्वाचनको निर्णय गर्ने व्यवस्था छ।

परिषदमा ९ वटै संस्थान र संकायका डिन सदस्य रहने व्यवस्था छ ।

Tags :
प्रतिक्रिया दिनुहोस